सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

काठमाण्डु – गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । कोरोना भाइरसको महामारी बढेको भन्दै गृहले सबै प्रकारका पास वितरण बन्द गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काट्दै पास वितरण बन्द गर्न निर्देशन दिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए ।…