कोशी अस्पतालमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाण्डु – विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरमा ३० वर्षीय युवकको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१५ का कोरोना संक्रमितको मृत्यु भएको हो । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।