द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति भण्डारी

काठमाडौँ—राष्ट्रपति विद्यादेवी भण्डारीले द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छिन्। राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगकोे आर्थिक वर्ष २०७५÷७६को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले संसद्मा दर्ता भएको आयोगको संशोधन विधेयकका सम्बन्धमा आयोगले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने विचार व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संसद्मा पेश…