मानिसका कारण दश लाख प्रजाति लोप हुने खतरामा

एजेन्सी - यूरोपमा स्काइलार्क नामक चराको सङ्ख्या निकै घटिसकेको छ। संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले जमिन, समुद्र तथा आकाशमा मानवीय गतिविधिको नराम्रो असर परेको देखाएको छ। दश लाख जनावर तथा बोटबिरुवाका प्रजाति लोप हुने खतरामा छन्। राष्ट्रसङ्घको प्रतिवेदनका अनुसार यसअघि कहिल्यै नसोचिएको गतिमा सर्वत्र प्रकृतिमा ह्रास आइरहेको छ र हामीलाई चाहिने खाद्यान्न तथा ऊर्जाको माग…