काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाण्डु जिल्लाका ५७ र ललितपुरका पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । डा.गौतमका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डुका २७ जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ललितपुरका एक…