भक्तपुर – महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय प्रहरी हबल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । सङ्क्रमित हबल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।…