यस्तो छ सोमबारको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे मौसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभावले मौसम सोमबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो…