काठमाडौं– घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीविरुद्ध अख्तियारले ७८ लाख विगो दावीसहित मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८…