समाजसेवी थापाद्वारा मुस्लिम समुदायका ३०० बालबालिकालाई शैक्षिक सामग्री वितरण

काठमाण्डु - समाजसेवी शर्मिला थापाले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको मुस्लिम समुदायका ३०० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छिन् । चन्द्रनगर गाउँपालिका–५ स्थित समिमुल उलम स्लामिया मदर्शामा अध्ययन गर्ने मुस्लिम बालबालिकाहरूलाई थापाले शैक्षिक सामग्री वितरण गरेकी हुन् । समिमुल उलम स्लामिया मदर्शामा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै समाजसेवी थापाले गरिब, असहाय, दिनदुःखीको वृहत्तर उत्थानको पक्षमा आफू…