काठमाण्डु– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहपूर्ण रूपमा भइरहेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मनोनयन दर्ताको आधिकारिक संख्या साँझ मात्र सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आयोगले मनोनयन दर्ताको संख्या औपचारिक रूपमा तोकेको छैन । ‘आयोगले अहिलेसम्म यति भनेर आधिकारिक रूपमा संख्या…