सुर्खेत - कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा विधायन समितिले कोभिड– १९ का सङ्क्रमित बढ्दै गएकाले पूर्वतयारीका लागि आवश्यक एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको छ । समितिका अध्यक्ष पद्म रोकायाको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले प्रदेश सरकारलाई कम्तीमा १० एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको हो । समितिका सदस्य धर्मराज रेग्मीले दैलेखमा…