उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको प्रधानसेनापतिद्वारा उद्घाटन

काठमाडौं–रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त आयोजनामा उच्च स्तरीय सुरक्षा तालिम बुधबारबाट शुरु भएको छ। शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा भइरहेको तालिमको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। प्रधानसेनापति थापाले यस तालिमले राष्ट्रिय सुरक्षा सम्बन्धी उत्पन्न हुने चुनौतीहरुलाई निराकरण गर्न मद्धत पुग्नुको साथै सरकारी सुरक्षा संयन्त्रबीच आपसी सहयोग एवं समन्वय हुन अपरिहार्य रहेको बताए। रक्षा…