काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार भेटवार्ता गरेका छन् । गत भदौ २४ गतेको विध्वंशकारी आन्दोलनमा आफ्नो भंगालस्थित निवास जलेपछि अहिले बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरमा बस्दै आएकी भण्डारीलाई प्रधानसेनापति सिग्देलले निजी निवासमै पुगेर भेट गरेका हुन् । प्रधानसेनापति सिग्देल दिउँसो करीब पौने २ बजे उषाकिरणको निवास पुगेर सवा ३ बजे बाहिरिएका…