ओलीको दाबी-एमालेले बहुमत ल्याउँछ, प्रधानमन्त्री बन्छु

काठमाण्डु - एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे । ओलीले एमालेले स्पष्ट बहुमत ल्याउने र यदि कथम् कदाचित बहुमत नआए पनि सबैभन्दा ठूलो दल…