महोत्तरीको प्रेमनगरमा मतदान स्थगित

काठमाण्डु - महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद भएको छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो । एउटै व्यक्ति पटक पटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको हो । अहिले विवाद साम्य पार्ने प्रयास भइरहेको महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।