काठमाडौं - ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोटन गरायो । विस्फोटमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ । विस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङ, काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर र बागडोलकी २६ वर्षीया प्रतीक्षा खड्का घाइते भएकामा गुरुङको उपचारका क्रममा शनिबार निधन भएको हो । सर्वसाधारणका अनुसार,…