काठमाडौं – नेपाल वायु सेवा निगमले एकैदिन हङकङमा तीन चाटर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ।…