दार्चुला – महाकाली नदीमा एक जना महिलाले हाम फालेकी छन् । आइतबार मध्यान्ह जिल्लाको महाकाली-७ की स्थायी बासिन्दा रहेकी अन्दाजी ३२/३३ वर्षीया कुश्मा थापा महाकाली नदीमा हामफालेर बेपत्ता भएकी हुन् । महाकाली नदी किनाराको थारीगाढ भन्ने ठाउँबाट हाम फालेको सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए…