काठमाडौं – अर्घाखाँचीमा क्वारेन्टाइनमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ । जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको हो । उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु…