बैतडी – दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (रु तीन हजार २००) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु…