काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री ल्याएर काठमाडौं आइपुगेका छन् । मेडिकल सामग्री ल्याउन बिहीबार बेलुका काठमाडौंबाट चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७.५ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन् । यी जहाज शुक्रबार बिहान आठ बजे काठमाडौंमा विमानस्थल पुगेका थिए । दुई कार्गोलाई फ्ल्यास फ्रेट…