२२८ बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज

काठमाडाैं - संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत…