रुकुम - लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा कक्षा लिन शुरु गरेको हो । विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसन, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी…