काठमाडौं - तीन सय वटा विद्युतीय बस खरिदका लागि सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् । आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने लक्ष्य छ । कार्यक्रममा साझा यातायातका अध्यक्ष…