अझै लकडाउने बढ्ने सरकारको संकेत

काठमाडौं – सरकारले अझै लकडाउन बढ्ने संकेत गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै लकडाउन लम्बिने संकेत गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमण फैलिने दर हेर्दा लकडाउनलाई निरन्तरता नै दिनुपर्ने देखिएको बताए । ‘लकडाउन खुल्ने नखुल्ने भन्ने विषय धेरै कुरामा निर्भर हुन्छ,’ डा. देवकोटाले भने,…