व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष रोकाया

बझाङ - परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले कृषि व्यवसाय सुरु गरेका छन् । उनी अहिले कृषि व्यवसायबाट मनग्य आम्दानी पनि गर्न सफल भएका छन्। बिहान बेलुका र विदाको समयमा उनी तरकारी खेतीमा समय बिताउने गर्छन् । ‘अरुले भाषण गर्छन म काम गरेर देखाउँछु’ उनले भने ।…