काठमाडौं - कञ्चनपुरकी १३ नाबालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरुले आफ्नो ज्याकेट व्याग र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् । बिजुलीको पोलमा टाँसेका पोस्टर प्रहरीले च्यातेर फाल्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ…