काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई कमजोर बनाउने वा खतम गर्ने सोच कहिल्यै स्वीकार नगर्ने बताएका छन्। शुक्रबार काठमाडौं क्षेत्र नं. ७ निर्वाचन क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान अवस्थामा पार्टी सामु ठूलो चुनौती एमाले नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीबाट आएको जिकिर गरे। उनका अनुसार काङ्ग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने…