विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टको नाम अनुमोदन

काठमाण्डु- सरकारले विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयां सदस्यहरूको नाम सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले सदस्यमा उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश…