काठमाडौं - उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले…