काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आइतबार दिउँसो निधन भएका पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गरे । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गरे । “मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने…