काठमाडौं–नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन काजख्स्तान प्रस्थान गरेका छन्। काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीन, रुस, स्पेन, फ्रान्स लगायत ४७ देशका १ हजार २ सय खेलाडीले प्रतिस्पर्धा…