काठमाडौं– सरकारले पूर्वराजा वीरेन्द्र शाहको ७१ रोपनी जग्गा ट्रष्टमा राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २५ कात्तिकमा बसेको बैठकले तत्कालीन राजा वीरेन्द्रसहित परिवारका नाममा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर १३ कमलादी र मध्यपुरथिमि नगरपालिकामा रहेका ७१ रोपनी जग्गा नेपाल ट्रष्टका नाममा कायम गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक तर्जुमा…