‘सर्भर डाउन’ भएपछि लोकसेवाले स्थानिय तहका लागी खुलाएको विज्ञापनको म्याद थपियो

काठमाडौं – लोक सेवा आयोगले अनलाइन आवेदन फारम भर्न दिएको अन्तिम दिन आज (असार ३ गते) ‘सर्भर डाउन’ भएर आवेदकले फारम भर्न नसकेपछि लोकसेवाले फाराम भर्ने म्याद थप गरेको छ । जेष्ठ ३० गतेदेखि आयोगको सर्भरमा चाप भई आवेदकले दरखास्त दिन नसकेको भन्दै आवेदन फारम भर्न नपाएका आवेदकहरुको लोकसेवामा निवेदन परेपछि सोहीअनुरुप लोकसेवाले असार १०…