काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन् । सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार हुने गरेकाले सोकार्य रोक्ने उद्देश्यले हुन लागेको यो चौथो सम्मेलन हो ।…