यती समूहले गर्‍यो कोरोना राहत कोषमा एक करोड सहयोग

 काठमाडौं - यती समूहले सरकारले स्थापना गरेको 'कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष'मा १ करोड रुपैयाँ सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम, निदान तथा नियन्त्रणका लागि स्थापना गरिएको कोषमा यती समूहले बिहीबार १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो। यती समूहका लगानीकर्ताहरूको तर्फबाट अध्यक्ष लाक्पा सोनाम शेर्पाले १ करोड रुपैयाँको…