जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौँ -नवीनकुमार घिमिरे

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदको अनियमितता छानविन सुरु गरेको छ। ‘वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौँ,’ प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा बुधवार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘भ्रष्टाचारमा संलग्न जो–कोहीलार्ई कारवाहीको दायरामा ल्याउँछौं।’ एयरलाइन्सले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको…