त्रिधार्मिकस्थल हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द

 केदार मगर/खोटाङ – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास…