सप्तरी – भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ । गाउँपालिका अन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको तापक्रम मापन गरी रेकर्ड राख्न थालिएको छ । सोका लागि गाउँपालिकाअन्तर्गतको…