कांग्रेस विवाद : वैधानिकता पाउन रस्साकस्सी

काठमाण्डु - नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । २०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रूपमा पुनः विभाजित अवस्थामा छ । माओवादी द्वन्द्वको समयमा संकटकालको अवधि बढाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि विकसित घटनाक्रमले कांग्रेसको अनुशासन समितिले देउवालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको थियो…