काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । सचिवालय सदस्यहरूको कार्यविभाजनबारे टुंगो लगाउन बसेको मंगलबारको बैठक बिना निष्र्कष टुंगिएपछि बैठक आज पुनः बोलाइएको हो । बैठक दिउँसो १२ बजे बालुवटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्दैछ । आजको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने आँकलन गरिएको छ । मंगलबारको बैठकमा…