काठमाडौं – परीक्षामा कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । उक्त घटनाबारे नयाँ पत्रिका दैनिकले समाचार सार्वजनिक गरेको थियो । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५…