सिन्धुली – आज थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हो । सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि आज अस्पतालमा आएका थिए । उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएको उनले जानकारी दिए…