काठमाडौं - यती समूहका संस्थापक प्रवन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको सम्झनामा यती समूहका कर्मचारीहरुले रक्तदान गरेका छन् । शेर्पाको पहिलो वार्षिक पुण्यतिथिमा यती एअरलाइन्सले केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हाे । नेपालमा वायुसेवा विस्तार र प्रवद्र्धनमा शेर्पाको नाम अग्रसूचीमा आउँदछ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाको गत वर्ष ताप्लेजुङ्ग हेलिकप्टर दुर्घटनामा निधन भएको…