तनहुँ – सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भने, “अत्यवश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।” अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्यरूपमा मास्क लगाएर साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर…