समाजवादी विद्यार्थी युनियनले गर्यो त्रिवि उपकुलपति कार्यकक्षमा तालाबन्दी

काठमाडौं – समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वभिद्यालयका उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेको छ । विद्यार्थी युनियन त्रिवि समितिले सात बुँदे माग राख्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा बुधबारदेखि तालाबन्दी गरेको हो । परीक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने, त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने, त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक वातावरण बनाउनुपर्ने माग समितिले…