काठमाडौं - अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका छन् । न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थीतिमा प्रदान गरिएको हो । इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी सदस्य हुन् ।…