काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेको गगनकुमार थापा पक्षले आसन्न चुनावको उम्मेदवारको मनोनयन पत्रबाट शेरबहादुर देउवाको हस्ताक्षर हटाउने सहितको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा पेश गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेश गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले भने, ‘उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन…