काठमाण्डु - देशकै सबैभन्दा ठूलो, स्थापित र लोकतान्त्रिक दल नेपाली कांग्रेस विभाजन हुनु दुखद भएको राजनीतिक विश्लेषक मुमाराम खनालले बताएका छन्। पार्टीका मुख्य नेताहरूको अत्यन्त गलत राजनीतिक निर्णय, लामो समयदेखिको सांगठानिक गतिरोध र अराजनीतिक गठबन्धनका कारण मुलुक आज गम्भीर राजनीतिक चेपमा फसेको उनको टिप्पणी छ । नेपाली राजनीतिक इतिहास र कांग्रेसको विरासतलाई सिर्जनात्मक ढंगले पुनर्निर्माण…