काठमाडौं – महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका इन्स्पेक्टर देवीप्रसाद पौडेल जिम्मेवारीबाट हटाइएका छन् । गत बिहीबार भैंसेपाटीमा नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी महिला हेमा श्रेष्ठमाथि अमानवीय तरिकाले लाठी प्रहार गरेका इन्स्पेक्टर पौडेललाई जिम्मेवारीबाट हटाइएको हो । शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको ठाउँमा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइएको…